धनगढी
आगामी फागनु १५ गते देखी २४ गते सम्म सञ्चालन हुने पाँचौ संस्करणको चण्डिका ग्रुप अफ एलपिएल क्रिकेट प्रतियोगितामा विशेष पुरस्कार राशीको प्रायोजन रोज कलेक्सनले गर्ने सहमति भएको छ ।
विशेष पुरस्कार राशीको प्रयोजन गर्ने विषयमा लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाही र रोज कलेक्सनका प्रो.प्राइटर रोशन विक्रम शाही विच सम्झौता भएकोहो । विशेष पुरस्कार अन्तरगत प्रत्येक खेलका म्यान अफदी म्याच खेलाडी, प्रतियोगिता अवधि भरी विभिन्न विधामाका उत्कृष्ठ हुने खेलाडीलाई दिईने पुरस्कार र ट्रफि पर्ने लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले बताए ।
प्रतियोगिताको मुख्य प्रयोजक चण्डिका ग्रुप रहेको छ भने दोश्रो पुरस्कार राशीको प्रायोजन गुरुकुल एकेडेमीले गर्ने सहमित यस अघि भइसकेको अध्यक्ष शाहीले बताए । प्रतियोगितामा प्रयोजन, हस्पिटालिटी पार्टनर, लगायत अन्य विधाका प्रायोजकको टुङ्गो समेत लागि सकेको उनले बताए ।
लिग कम नक आउटमा खेलाइने प्रतियोगिता धनगढी स्थित संघीय प्रहरी इकाईको खेल मैदानमा सञ्चालन हुने छ । प्रतियोगितामा कक्षा १० सम्म पढ्दै गरेका १९ बर्ष मुनीका खेलाडी तथा प्रत्यक टिममा २ जना राष्ट्रिय स्तरका खेलाडीलाई सहभागिता गराउन पाइने व्यवस्था गरिएको छ । प्रतियोगितामा देशभरका १२ विद्यालयले सहभागिता जनाउने छन् ।