सशस्त्रका थप दुई वटा विओपि स्थापना

सशस्त्रका थप दुई वटा विओपि स्थापना
श्रोतः सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हे.क्वा.कैलाली

धनगढी

 कैलालीमा सशस्त्र प्रहरीबलका थप २ वटा विओपि स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल कैलालीका अनुसार मंगलबार कैलालीको कैलालरी गाउँपालिका७ को लठ्ठाघाट र टिकापुर नगरपालिका७ को कालाकुण्डामा विओपि स्थापना गरिएको हो । यो संगै कैलालीमा सशस्त्र प्रहरीको १४ वटा विओपि निर्माण भएका छन् ।

 मंगलबार स्थापना गरिएका दुई वटा बिओपि मध्य कैलारी गाउँपालिका७ लठ्ठाघाटको बिओपि नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक प्रविण कुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले गरेका छन् ।

 यसैगरी टिकापुर नगरपालिका७ मा रहेको कालाकुण्डा बिओपिको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक प्रविण कुमार श्रेष्ठ र टिकापुर नगरपालिका७ का अध्यक्ष रामलाल डगौरा थारुले गरेका हुन् ।

 बिओपि उद्घाटन गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक प्रविण कुमार श्रेष्ठले खुल्ला सीमाना भएको दुई देशको नाका व्यवस्थापन तथा रेखदेख गर्दा सावधानि अपनाउन आग्रह गरे ।

 उनले व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी बढी भन्दा बढी अनुशासित तथा कर्तब्यनिष्ठ भई राष्ट्रसेवामा लाग्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिए । साथै सीमा हुने अपराध, चोरी पैठारी, नियन्त्रण गर्नु सशस्त्र प्रहरीको पहिलो कर्तवय भएको भन्दै सो कार्यमा दत्तचित्त भएर खटिन पनि उनले निर्देशन दिए ।

 कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर, स्थानिय जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।