धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

सामुदायिक वनको साधारण सभामा किशोर सहित  १२ जना सम्मानित

उपभोक्ता समुहका पुर्ब अध्यक्षहरु लगायत १२ जनालाई सम्मान पत्र सहित सम्मान गरिएको छ ।

सामुदायिक वनको साधारण सभामा किशोर सहित  १२ जना सम्मानित

 धनगढी

धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको शिद्धबाबा सामुदायिक वन उपभोक्ता समुहको तेस्रो सधारण सभामा सामुदायिक बनको क्षेत्रमा पुरयाएको योगदानको मुल्याड्ढन गर्दे किशोर जोशी सहित १२ जनालाई सम्मानित गरिएको छ ।

 शनिवार भएको साधारण सभामा  सम्मानित हुनेमा किशोर जोशी, रतन खाती, रतीराम चौधरी, नन्दलाल रोकाया, हर्षराज चौधरी, कालुराम चौधरी, सिताराम चौधरी लगायत रहेका छन् । सम्मानित सबैलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

   उपभोक्ता समुहका अध्यक्ष केशबराज जोशीको अध्यक्षतामा सम्पन्न साधारण सभामा वडा नंम्बर १५ का वडा अध्यक्ष फुलराम चौधरी प्रमुख अतिथि रहेका थिए ।

साधारण सभामा समुहका सचिब शुस्मा चौधरीले बार्षिक आयब्यय प्रस्तुत गरेकी थिईन ।


ट्रेन्डिङ