धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

फर्निसिङ व्यवसायी संघको अध्यक्षमा वसन्तराज जोशी

फर्निसिङ व्यवसायी संघको अध्यक्षमा वसन्तराज जोशी

धनगढी

 फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कैलालीको अध्यक्षमा  वसन्तराज जोशी चयन भएका छन् ।

 धनगढीमा सम्पन्न व्यवसायीहरूको प्रथम साधारण सभाले जोशी लाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

 यस अघि पनि संघको अध्यक्षमा जोशीनै रहेका थिए । संघकोे उपाध्यक्षमा टोप बहादुर केसी, कोषाध्यक्षमा कमल पाण्डेय, सचिवमा केशव राज पन्त र सह–सचिवमा रोशन शाही चयन भएका छन् ।

 सदस्यहरूमा ओम प्रकाश पौडेल, लोकराज भट्ट, अनिल चौधरी र राम बहादुर तोलाङ्गी चयन भएका हुन् ।


ट्रेन्डिङ