धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
सुदुरपश्चिममा हालसम्म ६१८ जनामा कोरोना संक्रमण

कुन जिल्लामा कति छन् संक्रमित ?

 

धनगढी

   एकै दिन २ शय ३८ जनामा कोरोना पुष्टि भएपछि सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ६ शय १८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको प्रयोगशालामा २ शय १४ जना र धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा २४ जनामा कोरोना पुष्टि भएको छ ।

   संक्रमित मध्य सबै भन्दा बढी कैलालीमा १ शय ४९ जना रहेका छन् ।  कैलालीमा बिहीवार मात्र ४ महिला र २० पुरुष  गरि २४ जना कोरोना सक्रमित थपिएका हुन् ।

   अहिलेसम्म सबै भन्दा कम सक्रमित दार्चुलामा १२ जना रहेका छन् ।

 जिल्ला      संख्या
  कैलाली  :  १४९               डडेल्धुरा  :  १२३          कन्चनपुर  : ९५       
 अ छाम    : ६७           बाजुरा   : ६२               बैतडी :  ५२
  डोटी  : ४२               बझाङ  : १६              दार्चुला  : १२ 

डडेल्धुरा जिल्लामा संक्रमितको जम्मा संख्या १ शय २३ छ । बिहीवार मात्र ७ महिला र ७७ पुरुष गरि ८४ जना संक्रमित डडेल्धुरामा थपिएका हुन् । कन्चनपुरमा बिहीवार २० जना थपिएसँगै जम्मा कोरोना सक्रमितको संख्या ९५ पुगेको छ ।

  त्यस्तै अछाममा जम्मा कोरोना संक्रमित  संख्या ६७ रहेको छ । अछाममा बिहीवार ४३ जनामा संक्रमण पुष्टि भएको हो ।    बाजुरामा बिहीवार १५ महिला र २६ पुरुष गरि ४१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जम्मा संक्रमित संख्या ६२ पुगेको छ ।

  हालसम्म  बैतडीमा ५२ जनामा संक्रमण रहेको छ । बिहीवार मात्र बैतडीमा २ महिला र २३ पुरुषमा संक्रमण पुष्टि भएको हो । डोटीमा ४२ जनामा कोरोना संक्रमण रहेको छ ।

त्यस्तै बझाङमा  १६ जनामा कोरोना सक्रमण रहेको छ  ।


ट्रेन्डिङ