धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

एलपिएलको ट्रफि सार्वजनिक, शनिबार देखी खेल हुने

एलपिएलको ट्रफि सार्वजनिक, शनिबार देखी खेल हुने

धनगढी

 पाँचौ संस्करणमा सञ्चालन हुन गैरहेको चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को ट्रफि सार्वजनकि गरिएको छ ।

फागुन १५ गते देखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप एलपिएलमा यस बर्ष १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

 ट्रफि  सार्वजनिक संगै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट प्रालिका अध्यक्ष रामचन्द्र शाहीले बताए । ४ समुहमा विभाजन गरिएको प्रतियोगितामा समूह ए मा काठमाडौँको हिमालयन ह्याइट हाउस, धनगढी तारानगरमा रहेको शारदा विद्या निकेतन, काठमाडौँको नेक्सस इन्टरनेसनल एकेडेमी र कञ्चनपुरको महेन्द्रनगरमा रहेको लिटल बुद्ध एकेडेमी रहेका छन् ।

 त्यस्तै समूह बी मा धनगढी २ मा रहेको लिटल फ्लावर इङ्लिस बोर्डिङ स्कुल, धनगढीको शारदा माध्यमिक विद्यालय वैयावेहडी, धनगढीकै त्रिनगर माध्यमिक विद्यालय र विद्या भूषण पब्लिक स्कुल गेटा रहेका छन् ।

त्यसै गरी समूह सी मा धनगढीको स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, कञ्चनपुरको शारदा सरस्वती माध्यमिक विद्यालय दोधारा, धनगढी नमुना माध्यमिक विद्यालय धनगढी र अत्तरियाको होल्याण्ड इङ्लिस बोर्डिङ स्कुल रहेका छन् भने समूह डी मा कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिर, रुपन्देहीको न्यु एकेडेमी बोर्डिङ स्कुल, दाङको रोजी बर्ड्स बालबाटिका सेकेण्डरी बोर्डिङ स्कुल र कैलालीको लम्कीमा रहेको गुरुकुल इङ्लिस मिडियम स्कुल रहेका छन् ।


ट्रेन्डिङ