धनगढी
शनिबार देखी धनगढीमा सुरु भएको चण्किा ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) पहिलो खेलमा आयोजक लिटल फ्लावरलाई पराजित गर्दै विद्या भुषण पब्लिक स्कुलले वीजयी सुरुवात गरेको छ ।
धनगढी स्थित संघिय प्रहरीको खेल मैदानमा सम्पन्न ५ औं संस्करणको एलपिएलमा लिटल फ्लावरलाई ७ विकेटले पराजित गर्दै गेटामा रहेको विद्या भूषणले राम्रो सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५२ रनको स्कोर तयार पारेको थियो । लिटल फ्लावरका लागि सुवाश ऐरले ३७, नरेन भट्टले ३६, कप्तान विपिन रावलले १५ र राजकुमार शाहले १२ रन बनाएका थिए ।
विद्या भूषणका शेर मल्लले ३, विरेन्द्र नाथ र प्रदिप चन्दले समान २÷२ तथा सञ्जय केसीले १ विकेट लिएका थिए ।
१ सय ५३ रनको लक्ष्य पच्छ्याएको विद्या भूषणले १७ ओभर ५ बलमा ३ विकेट मात्रै गुमाएर जीति हाशिल गरेको हो ।
विद्या भूषणका लागि ओपनिङमा आएका ब्याट्सम्यान शेर मल्ल र बिरेन्द्र नाथले १ सय २२ रनको साँझेदारी गरेर टीमलाई राम्रो लयमा डो¥याएका थिए ।
राम्रो साझेदारी गर्ने क्रममा शेर मल्लले ७० र तथा बिरेन्द्र नाथले ३७ रन जोडेका थिए । बलिङ तर्फ लिटल फ्लावरका राजकुमार शाहले २ र विपिन रावलले १ विकेट लिएका थिए । खेलका म्यान अफ द म्याच विद्या भूषणका शेर मल्ललाई घोषित गरिएको छ ।
शनिबार देखी सुरु भएको प्रतियोगिता फागुन २९ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा देशभरबाट १६ विद्यालय सहभागि छन् ।