धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिममा  १२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

सुदूरपश्चिममा  १२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

धनगढी,

   बाजुरा जिल्लामा बिहीवार छ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । यससँगै सुदुरपश्चिममा कोरोना संक्रमण हुने स्वास्थ्यकर्मीको संख्या १२ पुगेको छ ।

  बाजुरामा कोरोना संक्रमण हुने स्वास्थ्यकर्मीमा बडिमालिका नगरपालिकाको स्वास्थ्य शारखामा कार्यरत ४ जना, स्वास्थ्य कार्यालय बाजुरामा कार्यरत एक जना र बाजुरा अस्पतालमा कार्यरत  एक स्वास्थ्यकर्मी रहेका छन् ।

    बाजुरामा बिहीवार १५ महिला र २६ पुरुष गरि ४१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जम्मा संक्रमित संख्या ६२ पुगेको छ । 

   सुदूरपश्चिम प्रदेशमा यसअघि कञ्चनपुरमा तीन, डडेल्धुरामा २ र कैलालीमा एक जना स्वास्थ्यकर्मीमा समेत कोरोना पुष्टि भैसकेको छ ।

    कोरोना महामारी फैलिदै जाँदा स्वास्थ्यकर्मीले सुरक्षा सामाग्री विना नै काममा खटिनु पर्ने बाध्यताका कारण संक्रमित स्वास्थ्यकर्मी बढ्न थालेका हुन् ।


ट्रेन्डिङ