धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका ‘दानवीर’ भण्डारीको ९६ बर्षको उमेरमा निधन

धनगढीका ‘दानवीर’ भण्डारीको ९६ बर्षको उमेरमा निधन

धनगढी

  आफ्नो नाममा एक धुर पनि जमिन वाँकी नराखेर  ‘दानवीर’को उपमा पाएका धनगढीका समाजसेवी बद्रीनाथ भण्डारीको निधन भएको छ । नेत्रदान समेत घोषणा गरेका भण्डारीको मृत्यु पछि नेत्रदान समेत गरिएको छ ।

  धनगढी उप–महानगरपालिकाको उत्तरबेहडीमा बस्दै आएका भण्डारीको ९६ वर्षको उमेरमा मंगलबार राती निधन भएको  हो ।  वि.स १९८३ मा डोटीको निरौलीमा जन्मिएका भण्डारी केही महिनादेखि अस्वस्थ  थिए । उनी क्यान्सर रोगसँग संघर्ष गरिरहेका उनका छोरा राजेश भण्डारीले बताए ।

 भण्डारीले आफ्नो जीवनकालमा दर्जनौ समाजिक संघ संस्था, बिद्यालयलाई जमिन संगै लाखौ रुपैयाँ दान गरेका छन् । ‘एकिन कति दान गरे भन्ने तथ्यांक नभएपनि बुवाले आफ्नो नाममा रहेको जमिन देखि सम्पत्ति सबै दान गर्नु भएको छ’ उनका छोरा राजेश भण्डारीले भने–‘वुवाले आफ्नो नाममा रहेको एक टुक्रा जमिन पनि राख्नु भएको छैन ।’

 भण्डारी कैलाली जनपुस्तकालय, सुदूरपश्चिमाञ्चल साहित्य समाजका सल्लाहकार, बद्रीनाथ सिकाइ केन्द्रका अध्यक्ष पनि थिए ।  वि.स. २०१९ मा डोटीको निरौलीबाट कैलालीको उर्मामा बसाइ सरेका भण्डारीको व्यक्तित्व बहुआयामिक रहेको थियो । तराईमा बसाइ सर्नु पूर्व उनले डोटीमा ३ वर्ष  शिक्षण पेशा गरेका थिए ।

भण्डारी कैलालीको उर्मा बसाइको क्रमसँगै वि.स. २०२२ सालमा पहिलो पटक उर्मा गाउँ पञ्चायतको प्रधानपञ्च भए्का   थिए । ३ कार्यकाल प्रधानपञ्चको निर्वाचन जितेका भण्डारीले पञ्चायती राजनीतिपछि भने भण्डारी वि.स. २०२५ सालमा धनगढी बसाइ सरेका थिए ।

 उनले कुसल लेखक र कविको रुपमा पहिचान पनि आफ्नो पहिचान बनाएका थिए । भण्डारीको ‘उज्यालो चन्द्रमा’ नामको कृषि प्रकाशित छ भने साहित्यमा सुदूरपश्चिमकै ठूलो धनराशिको पुरस्कार मानिने ‘वद्रीकृष्ण वाङमय पुरस्कार’ समेत स्थापना गरेका छन् ।

 आफ्नो र आफ्नी पत्नीको नाममा उनले ११ लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरेका छन् ।  भण्डारीको आजै कैलालीको शिबगंगा नदिमा अन्तिम संस्कार गरिने भएको  छ ।


ट्रेन्डिङ