धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढी स्थित फर्निचर शोरुममा आगलागी

धनगढी स्थित फर्निचर शोरुममा आगलागी

धनगढी

 धनगढी उप–महानगरपालिका–४ स्थित एक फर्निचर पसलमा आगलागी हुँदा करोडौंको क्षेती भएको छ ।

 वडा नम्बर–४ स्थित आलोक मल्टी कन्सर्न प्रालिमा मध्यान्न १२ बजेतिर आगो लागेको जनाइएको छ । आगलागीको कारण भने खुल्न नसकेको  प्रहरीले जनाएकोछ ।

 फर्निचर तथा डेकोरेसन सामाग्री रहेको उक्त पसलमा लागेको आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 आगो नियन्त्रण गर्न धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाका दमकल, सशस्त्र प्रहरी, नेपाली सेना र नेपल प्रहरी परिचालन भएका छन् ।


ट्रेन्डिङ