धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

फर्निचर शोरुममा लागेको आगो नियन्त्रण, क्षेतिको विवरण आउन बाँकी

फर्निचर शोरुममा लागेको आगो नियन्त्रण, क्षेतिको विवरण आउन बाँकी

धनगढी

 धनगढी उपमहानगरपालिका–४ चटकपुर स्थित फर्निचर शोरुममा  लागेको आगो नियन्त्रणमा आएको छ ।

आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागी  करिव दुई घण्टा पछि प्रहरी, नेपाली सेना, सशस्त्रप्रहरी तथा स्थनीयको सहकार्यमा नियन्त्रणमा आएको हो । आगो नियन्त्रण गर्न गोदावरी नगरपालिका र धनगढी उप–महानगरपालिकाको दमकल प्रयोग गरिएको थियो । 

  आगलागीको कारण र क्षेतीको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी उपरिक्षक प्रतिक विष्टले बताए । शोरुममा दिउँसो करिब १२ बजेतिर आगलागी भएको स्थानीयले जनाएका छन् ।


ट्रेन्डिङ