धनगढी पोष्ट बुधबार, २५ भदौ २०८२   September 10, 2025

जन्मदीनको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग

जन्मदीनको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग

धनगढी
धनगढी–८ बस्ने समृद्धि गिरीले आफ्नो जन्मदीनको अवसरमा धनगढी स्थित दृष्टि फाउण्डेसनलाई सहयोग गरेकीछन् । 
५ बर्ष पुरा भई छैठौं बर्षमा प्रवेस गरेको अवसरमा सामाजका सामाजिक संस्थामा गएर जन्मदीन मनाउँदै समृद्धिले खाद्यान्न समेत वितरण गरेकि हुन् ।
 समाजका लागि निस्वार्थ काम गर्दै आएको संस्थालाई काममा  थोरै भएपनि हौसला मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको समृद्धि गिरीका बुबा भरत गिरी (वियोगी)ले बताए । समृृद्धिले आमा विष्णा गरी र बुबा भरत गिरी संग गएर दृष्टि फाउण्डेसनमा जन्मदीन मनाएकी  हुन् । 
 जन्म दीनको अवसरमा १ बोरा चामल, १० किलो आलु, ५ किलो दाल, ५ लिटर तेल, लगायत सामाग्री  प्रदान गरिएको गिरीले बताए । समाजकालागि निस्वार्थ काम गर्ने संस्थालाई सवैले आफ्नो तर्फबाट सहयोग गरे सञ्चालकमा हौसला थपिने उनले बताए ।