धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नारी दिवसमा क्रिष्टल एकेडेमीद्धरा बक्तृत्वकला प्रतियोगिता आयोजना

बक्तृत्वकला प्रतियोगितामा मयुर स्कुलकी महेश्वरी प्रथम भएकी छिन् ।

नारी दिवसमा क्रिष्टल एकेडेमीद्धरा बक्तृत्वकला प्रतियोगिता आयोजना

धनगढी

  वेष्टर्न क्रिष्टल एकेडेमीले आयोजना गरेको अन्तर बिद्यालय छात्रा बक्तृत्वकला प्रतियागितामा मयुर बोर्डिङ्ग स्कुलकी महेश्वरी नायक प्रथम भएकी छिन् ।

  १११औ अन्तरराष्टिय श्रमिक महिला दिवसको अवसरमा समानताको पुस्ताः अन्त्य गरौं हिंसा, बिभेद, असमानता बिषयक बक्तृत्वकला प्रतियोगितामा नायकले ११ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै बिजयी बनेकी हुन् ।

 प्रतियोगितामा एरिष्टो बोर्डिङ्ग स्कुलकी अमिसा गिरीले द्धितीय, ज्योति बोर्डिङ्ग स्कुलकी माही दानपालीले तृतीय र वेष्टर्न क्रिष्टल एकेडेमीकी प्रियंका भाटले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् ।

 प्रतियोगितामा धनगढीका ११ बिद्यालयहरुको सहभागिता रहेको थियो ।

  सो अवसरमा वेष्टर्न क्रिष्टल एकेडेमीकी प्रिन्सिपल उर्मिला कुवरले आफ्ना कुरार खुलेर राख्न सक्ने क्षमता बिकासका लागि बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको बताइन् । नारी अधिकार नारीहरुको मात्र नभएर नारी र पुरुष दुवैको लागि आवश्यक रहेको उनले बताइन् ।

धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्ट सामाजको बिकासका लागि महिला र पुरुष दुवैको अधिकारको सुरक्षा हुनुपर्ने बताइन् ।

पुर्व क्षेत्रीय शिक्षा अधिकारी नन्द राज पन्तको अध्यक्षतामा भएको उक्त कार्यक्रमम पश्चिम सेती कलेजका प्रमुख यादव जोशी, मानव अधिकार एलायन्सका सुदुरपश्चिम प्रदेश अध्यक्ष डिल्लीराज जोशीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन नर्मदा भट्टले गरेकी थिइन् ।


ट्रेन्डिङ