धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिता सुरु

मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिता सुरु

धनगढी

  धनगढीमा मंगलबार देखि मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिता सुरु भएको छ ।

  संघीय प्रहरी ईकाइ कार्यालय धनगढीको खेल मैदानमा सुरु भएको प्रतियोगितको धनगढीका नगर प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्रले एक समारोहका बिच उद्घाटन गरेका छन् ।

  उद्घाटन कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले राष्ट्रका लागि, स्वास्थ्यका लागि मात्रै नभएर समाजका लागि पनि खेलकुद आवश्यक रहेको बताए । ‘खेलाडी अनुशासित हुन्छन्’नगरप्रमुख वडले भने– ‘जुन समाजमा खेलाडी छन् त्यो समाज नै अनुसाशित हुन्छ ।’ मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिताले निरन्तरता पाउने नगरप्रमुख वडले   बताए । उनले भने– ‘अव नीजि संगै सामुदायीक विद्यालयका विद्यार्थीको पनि प्रतियोगितामा सहभागिता गराउनुपर्छ ।’

 उप–प्रमुख सुशीला मिश्र भट्टले हरेक क्रियाकलापहरुमा छात्रा र छात्राको सहभागिता महत्वपूर्ण हुने बताईन । ‘अहिले आयोजना गरेको मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिताले समाजको धारणामा परिवर्तन ल्याउन सहयोग पु¥याउने छ’ उप–प्रमुख भट्टले भनिन्– ‘छात्रले पनि खेलमा प्रतिसपर्धा गर्न सक्दछन् भन्ने सन्देश यसले दिने छ ।’

 क्यानका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरी रेग्मीले मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिताका लागि सहयोग गर्ने धनगढी उप–महानगरपालिका र आयोजना गर्ने धनगढी प्वाब्सनलाई धन्यवाद दिए । ‘बाटो घाटो निर्माणलाई मात्रै विकास मानिदैन’ अध्यक्ष रेग्मीले भने– ‘धनगढी उप–महानगरपालिकाले पूर्वाधारका साथै खेलकुल, सामाजिक क्षेत्रमा पनि राम्रो काम गरेको छ ।’

  सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर हेमराज पन्तले धनगढीले खेलकुदका क्षेत्रमा छुट्टै पहिचान बनाउन सकेको बताए । कार्यक्रममा सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर हेमराज पन्त, पूर्व शिक्षा निर्देशक नन्दराज पन्त लगायतलाई सम्मान गरिएको थियो । प्रतियोगिता चैत १२ गते सम्म चल्ने छ । 


ट्रेन्डिङ