धनगढी
कर्मचारी ट्रेड युनियनका अध्यक्ष तथा वनस्पति कार्यालय धनगढीमा कार्यतर खेमराज जोशीले धनगढीमै पहिलो पटक मट्काको चिया तथा कफि घर सञ्चालनमा ल्याएका छन् ।
ग्रहकलाई ताजा र स्वच्छ, स्वादिलो चिया, कफि प्रदान गर्ने उद्देश्यले चिया, कफि घर सञ्चालनमा ल्याइएको सञ्चालक जोशीले बताए । १० लाखको लागतमा चिया कफि घर सञ्चालन गरिएको उनले बताए । चिया कफि घरमा माटोबाट निर्माण गरिएको गिलासमा चिया प्रदान गरिने छ । जुन एक पटक प्रयोग पश्चात नष्ट गरिने उनले बताए । उनका अनुसार कैलालीको कैलारी गाउँपालिका स्थित माटोको भाँडा निर्माण गर्ने उद्योग संग समझौता गरी माटोको गिलास निर्माण गर्ने गरिएको छ ।