धनगढी
कपिल वस्तुको पर्यटन विकासकालागि सेती महाकाली पर्यटन प्रबद्र्धन अभियान सहित सुदूरपश्चिम पुगेको कपिलवस्तु होटल तथा रेष्टुरेष्ट व्यवसायीलाई होटल व्यवसायी संघ कैलालीले आफ्नै कार्यालयमा स्वागत गरेको छ ।
बिहीबार एक कार्यक्रमका विच होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बलमे उनिहरुलाई स्वागत गरेका हुन् । कपिल वस्तुको पर्यटकिय विकास गर्न होटल व्यवसायी संघ कपिलवस्तुले ‘धार्मिक पर्यटकिय स्थलले भरिपुर्ण पर्यटकिय स्थलको पहिचान, पर्यटन पबद्र्धन र विकासका लागि मेची महाँकाली हाम्रो अभियान’ भन्ने नारा सहित मेची महाँकाली अभियान थालेको छ ।
स्वागत पछि आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा कपिलवस्तु होटल तथा रेष्टुरेष्ट व्यवसायी संघका अध्यक्ष गोपाल बहादुर खत्रीले अहिलेको अवस्थामा आन्तरिक पर्यटक पबद्र्धन हुन जरुरी रहेको बताए । उनले आन्तरिक पर्यटन प्रबद्र्धन गर्न सरकार तथा नीजि क्षेत्र एकजुट हुनपर्ने बताए । उनले कपिलवस्तुमा भ्रमण गर्न लायक विभिन्न धार्मिक तथा प्राकृतिक क्षेत्र रहेको भन्दै सवैलाई घुम्न निम्तो समेत दिए ।
टोलीलाई स्वागत गर्दै होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले सुदूरपश्चिम प्रदेश तथा कैलालीमा रहेका होटल व्यवसायीको अवस्था र यहाँका पर्यटकिय स्थलका बारेमा जानकारी गराएका थिए । उनले बाह्य पर्यटक शुन्य अवस्थामा रहेका वेला आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न सके केही हद सम्म राहत हुन सक्ने बताए । उनले भारतमा पुनः कोरोना संक्रमण बढेको भन्दै त्यसबाट व्यवसायीलाई थप समस्या पर्नसक्ने बताए ।
कार्यक्रममा होटल व्यवसायी संघ कैलाली तथा कपिलवस्तु होटल तथा रेष्टुरेष्ट व्यवसायी संघका पदाधिकारीको उपस्थिती रहेको थियो ।