धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाँकेमा बस दुर्घटनामा ५ जनाको मृत्यु

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख  प्रहरी नायब उपरिक्षक रवीन्द्र खनालका अनुसार दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुरयाए लगत्तै मृत्यु भएको हो  ।

बाँकेमा बस दुर्घटनामा  ५ जनाको मृत्यु

बाँके

  बाँकेको कोहलपुर रोहिनी खोला नजिकै  भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सुर्खेतबाट धरान गइरहेको बस र विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।  दुर्घटनामा ४२ जना घाइते भएका छन् ।  

  इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख  प्रहरी नायब उपरिक्षक रवीन्द्र खनालका अनुसार दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुरयाए लगत्तै मृत्यु भएको हो  ।    खनालका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।

  उद्धार गरिएका ४२ घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । घाइते मध्य ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

 


ट्रेन्डिङ