धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बेदकोटका कोरोना संक्रमितको धनगढीमा मृत्यु

कोरोना अस्पतालमा रहेका कन्चनपुरको बेदकोट नगरपालिका १० का ८१ बर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ ।

बेदकोटका कोरोना संक्रमितको धनगढीमा मृत्यु

कैलाली

सेती प्रादेशिक अस्पताल धनगढीको अस्थायी कोरोना अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना अस्पतालमा रहेका कन्चनपुरको बेदकोट नगरपालिका १० का ८१ बर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

   अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार श्वास प्रश्वास सम्बन्धी समस्या लिएर शुक्रबार अस्पताल आएका वृद्धमा शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना अस्पतालमा १६ जना संक्रमितको उपचार भइरहेको छ ।


ट्रेन्डिङ