धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली लगायत शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

कैलाली लगायत शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

धनगढी

 कोभिट–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कैलाली  लगायत शहरी क्षत्रका विद्यालय बन्दगर्न मन्त्रिपरिषदलाई सिफारिष गरेको छ ।

 शनिबार बसेको सीसीएमसीको बैठकले भारत संगसीमाना जोडिएका तराईका क्षेत्रमा कोरोना संक्रमण बढेको भन्दै शैक्षिक संस्था, डान्स बारलगायतका भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिष गरेको हो । तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्ने उल्लेख गरेको छ ।

 कृषिमन्त्री पद्मा अर्यालकाअनुसार बैठकले  शहरी क्षेत्रबाहेक अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने निर्णय गरेको छ । 

 यसैबीच सरकारले कोरोनासम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने भएको छ । बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र त्यसलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । सीसीएमसीले गरेको सिफारिस  मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र लागू हुनेछ ।


ट्रेन्डिङ