धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेतीको परिक्षणमा १२८ जनामा कोरोना पुष्टि

पछिल्लो  २४ घण्टामा ४ शय ४८ जनाको परिक्षण गरिएकोमा कोरोना पुष्टि हुनेमा ३७ पुरुष र १७ महिला गरि ५४ जना धनगढी उपमहानगरपालिकाका रहेका छन् ।

सेतीको परिक्षणमा १२८ जनामा कोरोना पुष्टि

धनगढी

सेती प्रादेशिक  अस्पताल धनगढीमा गरिएको परिक्षणमा १ शय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको  । पछिल्लो  २४ घण्टामा ४ शय ४८ जनाको परिक्षण गरिएकोमा कोरोना पुष्टि हुनेमा ३७ पुरुष र १७ महिला गरि ५४ जना धनगढी उपमहानगरपालिकाका रहेका छन् ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा ५४ पुरुष र १५ महिला गरि ६९ जना कैलालीका रहेका छन् । त्यस्तै कैलाली बाहेक अन्य जिल्लाका ४ पुरुष र १ महिला गरि ५ जना रहेका छन् ।


ट्रेन्डिङ