धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिममा २४ घण्टामा कोरोना संक्रमित ७ जनाको मृत्यु

मृत्यु हुनेमा कैलालीका ३ जना, दार्चुलाका २ जना, यस्तै कञ्चनपुर र बझाङका १/१ जना रहेका छन्  ।

सुदुरपश्चिममा २४ घण्टामा कोरोना संक्रमित ७ जनाको मृत्यु

 सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कैलालीका ३ जना, दार्चुलाका २ जना, यस्तै कञ्चनपुर र बझाङका १/१ जना रहेका छन्  ।

  कोरोना संक्रमणका कारण कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत एक २२ वर्षीय युवक र धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र वडा नम्बर १३ का २२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका  सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार महिलाको मंगलबार बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको हो । त्यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का ६६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति मृत्यु भएको हो ।

  दार्चुलाको व्याँस गाउँपालिका घर भएका नेपाली सेनाका ४५ वर्षीय नायकको पनि कोरोनाको संक्रमणका कारण मृत्यु भएको छ ।

त्यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका १२ घर भएका ७१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मंगलबार बिहान ३ बजेको समयमा मृत्यु भएको छ ।

बझाङका २६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजे मृत्यु भएको अस्पतालले छ । सेती प्रादेशिक अस्पतालमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको पनि कोरोना संक्रमण भएर मृत्यु भएको छ ।

 


ट्रेन्डिङ