धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेतीमा कोरोना संक्रमित चार जनाको मृत्यु

मृत्यु हुनेमा तीन जना कैलालीका  र र कञ्चनपुरका १ जना  कन्चनपुर जिल्लाका रहेका छन् ।

सेतीमा कोरोना संक्रमित चार जनाको मृत्यु

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना कैलालीका  र र कञ्चनपुरका १ जना  कन्चनपुर जिल्लाका रहेका छन् ।

   जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराजजोशीका अनुसार कोरोना संक्रमित धनगढी उपमहानगरपालिका  २ का ७२ वर्षीय पुरुषको मङ्गलवार राति ८ बजे  र वडा नम्बर ८ का ५८ वर्षीय पुरुषको मङ्गलवार साँझ ७  बजे मृत्यु भएको छ । सुचना अधिकारी जोशीका अनुसार   कैलालीको गौरीगङ्गा नगरपालिका १ का ३५ वर्षीय पुरुषको पनि मङ्गलवार राति नै मृत्यु भएको छ ।

त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुषको बुधबार  बिहान सवा चार बजे मृत्यु भएको हो ।


ट्रेन्डिङ