धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाजुरामा कोरोना एकको मृत्यु

जिल्ला अस्पताल बाजुरामा उपचाररत गौमुलगाउँपालिका ३ की ५५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका कोरोना फोकल प्रसन चुडामणी पन्तले जानकारी दिएका छन् ।

बाजुरा जिल्लामा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुरामा उपचाररत गौमुलगाउँपालिका ३ की ५५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका कोरोना फोकल प्रसन चुडामणी पन्तले जानकारी दिएका छन् ।

 हाल बडिमालिका नगरपालिका ९ मा अस्थाइ बसोवास गर्दै आएकी ती महिला मंगलबार राति स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पतालमा भर्ना भएकी थिइन्  । उनको बुधबार दिउसो मृत्यु भएको पन्तले बताए ।

 कोरोनाबाट मृत महिलाको नेपाली सेनाले दाहासंस्कार गर्ने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।


ट्रेन्डिङ