धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

२४ घण्टामा ८६५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० रहेको छ ।

काठमाडौं

नेपालमा पछिल्लो  २४ घण्टामा ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० रहेको छ ।

 बुधबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

   संक्रमिहतरु मध्य ४ हजार ७ शय ६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५ शय ८८ जना होम आइसोलेसनमा रहेका छन् । देशभर आईसीयूमा ६०० जना र भेन्टिलेटरमा १५६ जना उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोना भाइरस संक्रमणमुक्त  भएका छन् । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।


ट्रेन्डिङ