धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेतीको परिक्षणमा धनगढीका १६९ सहित ३६९ जनामा कोरोना संक्रमण पुष्टि

बिहीवार दिउसो ३ बजेसम्मको परिक्षणमा धनगढी उपमहानगरपालिका बाहेकका कैलाली जिल्लाका पालिकाहरुका पुरुष ११३ र महिला ८८ गरि  १शय ६१जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेतीको परिक्षणमा धनगढीका १६९ सहित ३६९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी  सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा धनगढी उपमहानगरपालिकाका १ शय १७ सहित ३ शय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको  ६ शय ५० जनाको परिक्षणमा धनगढीका पुरुष ७० जना र महिला ४७ जना गरि १ शय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

  बिहीवार दिउसो ३ बजेसम्मको परिक्षणमा धनगढी उपमहानगरपालिका बाहेकका कैलाली जिल्लाका पालिकाहरुका पुरुष ११३ र महिला ८८ गरि  १शय ६१जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कैलाली बाहेकका अन्य जिल्लाका पुरुष ५४ जना र महिला ३७ जना गरि ९१ जनामा कोरोना पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले बताए ।

पछिल्लो २४ घण्टामा कोभिड हस्पिटलमा ६ जना कोरोना संक्रमित निको भएर घर पर्किएका छन् भने १४ जना भर्ना भएका छन् ।

ट्रेन्डिङ