धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

महाकाली अस्पतालमा ८ जना कोरोना संक्रमितको मृत्यु

मृत्यु हुने सबै कन्चनपुर जिल्लाका हुन् ।

महाकाली अस्पतालमा ८ जना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर

 पछिल्लो २४ घण्टामा महाकाली अन्चल अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएका सबै कन्चनपुर जिल्लाका नै हुन् ।

  अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाका अनुसार  महाकाली अस्पतालमा भीमदत्त नगरपालिका–३ का ७४ वर्षीय पुरुष, वडा नम्बर ४ का ७२ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ३५ र ५७ वर्षीय पुरुष र वडा नम्बर ८ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

   त्यस्तै महाकाली अस्पतालमा नै दोधारचाँदनी नगरपालिका–१ का ३१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका–१० का ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।


ट्रेन्डिङ