धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती प्रादेशिक प्रयोगशालामा २ शय ७२ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा गरिएको ५ शय ६४ जनाको परिक्षणमा कोरोना पुष्टि भएका मध्य धनगढी  उपमहमनगरपालिकाका मात्रै १ शय ३४ जना रहेका छन् ।

सेती प्रादेशिक प्रयोगशालामा २ शय ७२ जनामा कोरोना पुष्टि

धनगढी

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २ शय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ५ शय ६४ जनाको परिक्षणमा कोरोना पुष्टि भएका मध्य धनगढी  उपमहमनगरपालिकाका मात्रै १ शय ३४ जना रहेका छन् ।

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार शुक्रवार दिउँसोसम्मको परिक्षणमा धनगढी उपमहानगरपालिका बाहेकका  कैलालीका पालिाहरुका पुरुष ८९ र महिला ३२ गरि १ शय २१ जना रहेका छन् ।

कोरोना पुष्टि हुने मध्य कैलाली बाहेकका जिल्लाका पुरष १४ र महिला ३ गरि १७ जना रहेका छन् ।     

 

 


ट्रेन्डिङ