धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

२४ घण्टामा सेती अस्पतालमा ५ कोरोना संक्रमितको मृत्यु

मृत्यु हुनेमा चार जना कैलालीका र १ जना पर्वत जिल्लाका रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

२४ घण्टामा सेती अस्पतालमा ५ कोरोना संक्रमितको मृत्यु

धनगढी

सेती  प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टामा  कोरोना संक्रमित ५ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना कैलालीका र १ जना पर्वत जिल्लाका रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

   अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार उपचारका क्रममा धनगढी उपमहानगरपालिका वार्ड नम्बर १ का ५५ बर्षीय पुरुषको बिहीवार दिउँसो साढे ३ बजे, धनगढी उपमहानगरपालिका वार्ड नम्बर १ का ६० बर्षीय महिलाको शुक्रवार दिउँसो ३ बजे मृत्यु भएको हो ।

त्यस्तै कैलालीकै गोदावरी नगरपालिकाका वार्ड नम्बर ३ का ७२ बर्षीय पुरुषको बिहीवार १ बजे , लम्कीचुहा नगरपालिकाका वार्ड नम्बर ७ का ४६ बर्षीय पुरुषको बिहीवार मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए ।

सेती अस्पतालमै उपचारमै रहेकी कोरोना संक्रमित पंक ७ पर्वतकी ७६ बर्षीय महिलाको शुक्रवार बिहान पौने सात बजे मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा ५० जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ । उनीहरु मध्य ३ जनाको भेन्टिदेलरमा र १५ जनाको आइसीयुमा उपचार भैरहेको छ  भने ३० जनालाई अक्सिजन दिइरनु परेको छ ।    

 


ट्रेन्डिङ