धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

दार्चुला एक कोरोना संक्रमितको मृत्यु

यससँगै कोरोना संक्रमणबाट दार्चुला जिल्लामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

दार्चुला एक कोरोना संक्रमितको मृत्यु

दार्चुला । दार्चुला जिल्लामा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट दार्चुला जिल्लामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का ६५ वर्षिया महिलाको गोकुलेश्वर अस्पतालमा शनिबार बिहान मृत्यु भएको हो । शुक्रवार अचानक श्वासप्रश्वासमा समस्या भइ अस्पताल भर्ना भएका उनको शनिबार बिहान मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नियाज अन्सारीले बताए।

अस्पताल पुग्दा शरिरमा अक्सिजनको मात्रा निकै कम रहेको गोकुलेश्वर अस्पतालका डाक्टर अन्सारीले बताए । उनी दमका बिरामी रहेका थिए ।

 उनको शुक्रवार मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

 


ट्रेन्डिङ