धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

भारतको  आन्ध्रप्रदेशमा खानी दुर्घटना, १० जनाको मृत्यु भएको आशंका

खानी भित्र त्रुटिबस एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदूरका शरीर क्षतविक्षत भएर हावामै उडको प्रत्यक्षदर्शीले बताएका छन् ।

भारतको  आन्ध्रप्रदेशमा खानी दुर्घटना, १० जनाको मृत्यु भएको आशंका

नयाँ दिल्ली ।  भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदुरको ज्यान गएको छ । अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिण पश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको थियो ।

खानी भित्र त्रुटिबस एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदूरका शरीर क्षतविक्षत भएर हावामै उडको प्रत्यक्षदर्शीले बताएका छन् ।

उक्त दुर्घटनामा अझै दश जना हराइरहेको बताइएको छ भने मृतक पाँच जनाको पहिचान खुलेको छ । दुर्घटना लगत्तै प्रहरी र स्थानीय बासीहरु खानीका मजदूरको खोज तथा उद्धारका लागि परिचालन भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

ट्रेन्डिङ