धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीमा कोरोना संक्रमित  ९ जनाको मृत्यु

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका–३ की ६१ वर्षीया महिला, धनगढीकै वडा नम्बर १ की ५० वर्षीया महिला, धनगढी–५ का ४३ वर्षीय पुरुष, धनगढी–४ का ८१ वर्षीयय पुरुष र धनगढी–१२ की ५० वर्षीया महिलाको कोरोना सिंक्र

कैलालीमा कोरोना संक्रमित  ९ जनाको मृत्यु

धनगढी । पछिल्लो २४ घण्टामा   कैलालीमा थप ९ जना  कोरोना संक्रमितको मृत्यु भएको छ ।   

 जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका–३ की ६१ वर्षीया महिला, धनगढीकै वडा नम्बर १ की ५० वर्षीया महिला, धनगढी–५ का ४३ वर्षीय पुरुष, धनगढी–४ का ८१ वर्षीयय पुरुष र धनगढी–१२ की ५० वर्षीया महिलाको कोरोना सिंक्रमणको उपचारका क्रममा मृत्यु भएको छ ।

कोरोनाको उपचारके क्रममा लम्कीचुहा नगरपालिका–६ की ४२ वर्षीया महिला, बर्दगोरिया गाउँपालिका–६ का ६१ वर्षीय पुरुष, बर्दगोरियाकै वडा नम्बर २ का ५७ वर्षीय पुरुष र कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का ८६ वर्षीयय पुरुषको पनि मृत्यु भएको सुचना अधिकारी जोशीले जानकारी दिए ।


ट्रेन्डिङ