धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीको गौरीफन्टा र कन्चनपुरको गड्डाचौकी नाका सहित नौ स्थानमा अस्थायी अस्पताल बनाउन सेनाको प्रस्ताव

सेनाले गरेको प्रस्तावमा सीमा नाकामा आठ र उपत्यकामा एउटा बहुउद्देश्यीय संरचना बनाउने छ । सरकारले स्थानको बारेमा  स्वीकृति दिइसकेको छ ।

नेपाली सेनाले कैलालीको गौरीफन्टा र कन्चनपुरको गड्डाचौकी नाका सहित नौ स्थानमा अस्थायी अस्पताल बनाउन सरकारलाई प्रस्ताव गरेको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै सेनाले हरेक स्थानमा अस्थायी अस्पताल सहित, आइसोलेसन र होल्डिङ सेन्टर तयार गर्न  प्रस्ताव गरेको हो ।

  सेनाले गरेको प्रस्तावमा सीमा नाकामा आठ र उपत्यकामा एउटा बहुउद्देश्यीय संरचना बनाउने छ । सरकारले स्थानको बारेमा  स्वीकृति दिइसकेको छ ।

  सेनाले अस्थायी अस्पताल बनाउमा प्रस्ताव गरेका स्थानमा कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बाँकेको जमुनाह, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया, पर्साको वीरगन्ज, मोरङको रानी र झापाको काकडभिट्टा रहेका छन् ।

   संक्रमण बढ्दै गएपछि सेनाले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अस्पताल समेत रहने गरी संरचना बनाउन डिजाइन तयार गरेर सरकारलाई प्रस्ताव गरेको छ ।

त्यसका लागि आर्थिक लागत पनि तयार गरिरहेको र प्रस्ताव स्वीकृत भए अर्थमन्त्रालयमा बजेट प्रस्ताव गर्ने तयारी सेनाले गरेको जंगी अड्डा स्रोतले जनाएको छ ।

  हरेक स्थानमा होल्डिङ  सेन्टर, आइसोलेसन र अस्पतालका लागि छुट्टा छुट्टै ब्लकमा संरचना बनाउने सेनाको डिजाइन छ । हरेक स्थानमा अक्सिजन सहितका १ सय बेड राख्ने प्रस्ताव छ ।

 


ट्रेन्डिङ