धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा कोरोना पुष्टि भएका ३ शय २८ जना मध्य धनगढीका मात्रै २ शय ३ जना

संक्रमण पुष्टि हुने मध्य कैलाली बाहेकका जिल्लाका ७ पुरुष र ८ महिला गरि १५ जना रहेका छन् ।

सेती अस्पतालमा कोरोना पुष्टि भएका ३ शय २८ जना मध्य धनगढीका मात्रै  २ शय ३ जना

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा ३ शय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएका मध्य धनगढी उपमहानगरपालिकाका  मात्र २ शय ४० जना  रहेका छन् ।

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार ६ शय २३ जनाको परिक्षण गरिएकोमा धनगढीका १ शय ६० पुरुष र ८० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका बाहेकका कैलालीका अन्य पालिकाहरुका ४३ पुरुष र ३० महिला गरि ७३ जना रहेका छन् ।

संक्रमण पुष्टि हुने मध्य कैलाली बाहेकका जिल्लाका ७ पुरुष र ८ महिला गरि १५ जना रहेका छन् ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ५४ जना र इमरजेन्सी वार्डमा पुरुष २५ र महिला ९ गरि ३४ जनाको उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले बताए ।

सेती अस्पतालमा ५ जनाको भेन्टिलेरमा, १८ जनाको आइसीयुमा उपचार भैरहेको छ । पछिल्लो २४ घण्टामा २ जना निको भएका छन् भने ३ जना नयाँ बिरामी भर्ना भएका छन् ।


ट्रेन्डिङ