धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गोदावरी नगरपालिकाकी उपप्रमुख कडायत र उनका श्रीमानलाई कोरोना पुष्टि

केही दिन अघि लगातार खोकी लागेपछि उमप्रमु कडायतको परिवारले कोरोनाको परिक्षण गराएको हो ।

गोदावरी नगरपालिकाकी उपप्रमुख कडायत र उनका श्रीमानलाई कोरोना पुष्टि

धनगढी ।    गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परिक्षणमा उपमेयर कडायत र उनका श्रीमान राज बबहादुर कडायतलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

 “आज आएको प्रयोगशालाको नतिजामा कोरोना पोजिटिभ आएको छ ।” उपप्रमुख कडायतले भनिन् “तर अवस्था सामान्य छ । आत्तिनु  पर्ने अवस्था छैन ।”

 उपप्रमुख कडायतसँगै उनकै घरमा रहेकी नन्द बिमला कडायतलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो । अवस्था सामान्य भएपछि कडायत परिवार घरमै आइसोलेसनमा बसेको छ ।

केही दिन अघि लगातार खोकी लागेपछि उमप्रमु कडायतको परिवारले कोरोनाको परिक्षण गराएको हो ।

     “कोरोना पुष्टि भएपछि सामाजिक सञ्जालमा उपप्रमुख कडाढतले लेखेकी छिन् म लगायत सरको एऋच् चभउयचत उयकष्तष्खभ भर्खरै आएको सम्पुर्ण आदरणिय वुवाआमा, दाजुभाई तथा दिदिबहिनिहरूमा जानकारी गराउँदै होम आईसुलेसनमा बसेको छु । स्वास्थ्यमा केही समस्या छैन ।”

 


ट्रेन्डिङ