धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बैतडीमा सक्रिय संक्रमित ६ शय भन्दा बढी

आइतबारसम्म जिल्लाभरी सक्रिय संक्रमितको संख्या ६ शय ६ पुगेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

बैतडी ।  बैतडी जिल्ला भरिमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय नाघेको छ । आइतबारसम्म जिल्लाभरी सक्रिय संक्रमितको संख्या ६ शय ६ पुगेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २ शय ८२ जना, पाटन नगरपालिकामा १ शय ३१ जना, पुर्चौडी नगरपालिकामा ३७ जना र मेलौली नगरपालिकामा २५ जना रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा ६७ जना, सुर्नैया गाउँपालिकामा २२ जना, शिवनाथ गाउँपालिकामा १९ जना, दोगडाकेदार गाउँपालिकामा १५ जना र सिगास गाउँपालिकामा ९ जना सक्रिय संक्रमित रहेका छन् ।

 


ट्रेन्डिङ