धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाजुरामा कोरोना संक्रमित   दुई जनाको  मृत्यु

यससँगै बाजुरा जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ ।

बाजुरा

बाजुरा जिल्लामा कोरोना संक्रमित  थप दुई जनाको सोमबार विहान  मृत्यु भएको छ । यससँगै बाजुरा जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ ।

जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुडामणी पन्तका अनुसार उपचारका क्रममा मृत्यु हुनेमा बडीमालिका नगरपालिका–२ का ५९ वर्षका पुरुष र सोही नगरपालिका–९ मार्तडीकी ४० वर्षीया महिला रहेका छन् ।

५९ वर्षीय पुरुष दमका विरामी र ४० वर्षीया महिला मृगौलाको विरामी समेत हुन् ।  


ट्रेन्डिङ