धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ६ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ५९ जना र इमरजेन्सी वार्डमा पुरुष २३ र महिला १० गरि ३३ जनाको उपचार भैरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ६ जनाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्ला २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु  हुनेमा तीन पुरुष र तीन महिला  रहेका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचारका क्रममा धनगढी उपमहानगरपालिका वार्ड नम्बर ३ की ३५ बर्षीय महिलाको आइतबार साझ ६ बजेर ४० मिनेटमा, धनगढी वार्ड नम्बर ३ की ८७ बर्षीय महिलाको सोमबार बिहान ९ बजे र धनगढी वार्ड नम्बर १८ का ४२ बर्षीय पुरुषको सोमबार बिहान सवा दश बजे मृत्यु भएको हो ।

त्यस्तै कन्चनपुरको दोधाराचादनी गाउपालिका  वार्ड नम्बर ७ का ३३ बर्षीय एक पुरुषको आइतबार राति पौने ११ बजे,  कैलालीको घोडाघोडी नगरपालिका वार्ड नम्बर १० का ३७ बर्षीय पुरुषको आइतबार राति सवा ११ बजे र बर्दगोरिया गाउपालिका वार्ड नम्बर ४ का ५२ बर्षीय पुरुषको सोमबार दिउसो १२ बजे  मृत्यु भएको सेती अस्पतालले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ५९ जना र इमरजेन्सी वार्डमा पुरुष २३ र महिला १० गरि ३३ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा ५ जनाको भेन्टिलेरमा, १३ जनाको आइसीयुमा उपचार भैरहेको छ । पछिल्लो २४ घण्टामा ५ जना निको भएका छन् भने १५ जना नयाँ बिरामी भर्ना भएका छन् ।

 


ट्रेन्डिङ