धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा २७५ जनामा कोरोना पुष्टि,  धनगढीका ११३ जनामा संक्रमण

६ शय ६० जनाको परिक्षण गरिएकोमा धनगढीका ७२ पुरुष र ५१ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती अस्पतालमा २७५ जनामा कोरोना पुष्टि,  धनगढीका ११३ जनामा संक्रमण

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा २ शय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएका मध्य धनगढी उपमहानगरपालिकाका  मात्र १ शय १३ जना  रहेका छन् ।

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार ६ शय ६० जनाको परिक्षण गरिएकोमा धनगढीका ७२ पुरुष र ५१ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका बाहेकका कैलालीका अन्य पालिकाहरुका ९३ पुरुष र ४९ महिला गरि १ शय ४२ जना रहेका छन् ।

संक्रमण पुष्टि हुने मध्य कैलाली बाहेकका जिल्लाका ६ पुरुष र ४ महिला गरि १० जना रहेका छन् ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ५२ जना र इमरजेन्सी वार्डमा पुरुष २३ र महिला १० गरि ३३ जनाको उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले बताए ।

सेती अस्पतालमा ५ जनाको भेन्टिलेरमा, १४ जनाको आइसीयुमा उपचार भैरहेको छ । पछिल्लो २४ घण्टामा ९ जना निको भएका छन् भने ४ जना नयाँ बिरामी भर्ना भएका छन् ।


ट्रेन्डिङ