धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ३ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ५९ जना र इमरजेन्सी वार्डमा पुरुष २३ र महिला १० गरि ३३ जनाको उपचार भैरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ३ जनाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्ला २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला  रहेका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचारका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका वार्ड नम्बर ६ का  ५७ बर्षीय पुरुषको मंगलबार बिहान पौन चार बजे, जोशीपुर गाउपालिका वार्ड नम्बर ७ की ७४ बर्षीय महिलाको सोमबार राति सवा आठ बजे र कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वार्ड नम्बर ६ का ६४ बर्षीय पुरुषको सोमबार राति ८ बजे र मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ५९ जना र इमरजेन्सी वार्डमा पुरुष २३ र महिला १० गरि ३३ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा ५ जनाको भेन्टिलेरमा, १३ जनाको आइसीयुमा उपचार भैरहेको छ । पछिल्लो २४ घण्टामा ५ जना निको भएका छन् भने १५ जना नयाँ बिरामी भर्ना भएका छन् ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ५२ जना र इमरजेन्सी वार्डमा पुरुष २३ र महिला १० गरि ३३ जनाको उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले बताए ।

सेती अस्पतालमा ५ जनाको भेन्टिलेरमा, १४ जनाको आइसीयुमा उपचार भैरहेको छ । पछिल्लो २४ घण्टामा ९ जना निको भएका छन् भने ४ जना नयाँ बिरामी भर्ना भएका छन् ।


ट्रेन्डिङ