धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ३ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ४७ जनाको उपचार भैरहेको छ । सेती अस्पतालमा ५ जनाको भेन्टिलेरमा, २० जनाको आइसीयुमा उपचार भैरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ३ जनाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्ला २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला  रहेका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचारका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका वार्ड नम्बर ३ का  ५० बर्षीय पुरुष,  धनगढी उपमहानगरपालिका वार्ड नम्बर १२ की ३५ बर्षीय महिला र  धनगढी उपमहानगरपालिका वार्ड नम्बर ५४ बर्षीय पुरुषको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ४७ जनाको उपचार भैरहेको छ । सेती अस्पतालमा ५ जनाको भेन्टिलेरमा, २० जनाको आइसीयुमा उपचार भैरहेको छ ।

ट्रेन्डिङ