धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

हावाहुरीले रुखमा घर ढल्दा टीकापुरमा एक जनाको मृत्यु

बुधबार राति नै घोडाघोडी नगरपालिका साढेपानीमा कलक बहादुर रोकायाको घरमा चट्याङ्ग परेको छ ।

धनगढी ।   हावाहुरीका कारण घरमा रुख ढल्दा कैलाली जिल्लामा एक जनाको मृत्यु भएको छ ।  बुधबार साझ चलेको हावाहुरीका कारण  टिकापुर  नगरपालिका वार्ड नम्बर १ एकतानगरमा घरमाथि रुख ढल्दा ४० बर्षिय देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार राती करीब साढे ८ बजे कच्ची घरमाथि ढलेको रुखले च्यापिएर कामीको मृत्यु भएको हो ।

बुधबार राति नै घोडाघोडी नगरपालिका साढेपानीमा कलक बहादुर रोकायाको घरमा चट्याङ्ग परेको छ । चट्याङ्गका कारण घरमा क्षती पुगेको छ । घरमा बिद्युतीय मिटर बक्स, बाइरिङग सहितका सामानहरु बिग्रीएका र नष्ट भएका छन्  । तर मानवीय क्षति भएको छैन ।


ट्रेन्डिङ