धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीमा १४ दिनमा कोरोना संक्रमित ३४ जनाको मृत्यु

सबै भन्दा बढी वार्ड नम्बर २, ३ र ७ मा सात सात जनाको मृत्यु भएको छ ।

धनगढीमा १४ दिनमा कोरोना संक्रमित ३४ जनाको मृत्यु

धनगढी  कोभिड १९ को दोश्रो लहर शुरु भएयता मात्रै कोरोना संक्रमणका कारण धनगढी उपमहानगरपालिकामा ३४ जनाको मृत्यु भएको छ । कोभिड १९ को दोश्रो लहरका कारण निषेधाज्ञा लागु  गरिएको बैशाख १६ गतेदेखिका २९ गतेसम्मका  १४ दिनमा  उनीहरुको मृत्यु भएको हो ।

  धनगढी उपमहानगरपालिकामा कोभिडका कारण मृत्यु हुनेमा २२ पुरुष र १२ महिला रहेका छन् । 

‘यसपटक कोभिड १९ का कारण मृत्यु हुने दर बढी छ ।’ धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक एवम कोभिड फोकल पर्सन लक्ष्मराज उपाध्यायले भने  ‘ अहिलेको मृत्यु दर कोभिड १९ को पहिलो लहर भन्दा बढी छ ।’

  स्वास्थ्य निरीक्षक एवम कोभिड फोकल पर्सन लक्ष्मीराज उपाध्यायका अनुसार स्वास्थ्य संस्थाहरुको पहुचमा बढी भएका बजार क्षेत्र र बाक्लो बस्ती भएका वार्डहरुकै कोरोना संक्रमितहरुको मृत्यु दर बढी छ ।

  उपमहानगरपालिकका स्वास्थ्य शाखाका अनुसार सबै भन्दा बढी वार्ड नम्बर २, ३ र ७ मा सात सात जनाको मृत्यु भएको छ । वार्ड नम्बर २ मा ७ जना पुरुष, वार्ड नम्बर ३ मा ४ महिला र ३ पुरुष, वार्ड नम्बर ५ मा २ महिला र ५ पुरुषको मृत्यु भएको हो ।

  त्यस्तै कोरोनाको मृत्यु हुनेमा वार्ड नम्बर १ मा १ जना पुरुष, वार्ड नम्बर ३ मा १ महिला र २ पुरुष गरि ३ जना, वार्ड नम्बर ६ मा १ महिला, वार्ड  नम्बर ७ मा २ महिला र १ पुरुष गरि ३ जना, वार्ड नम्बर ८ मा २ पुरुष, वार्ड नम्बर १२ मा १ महिला र १ पुरुष गरि २ जना र वार्ड नम्बर १६ मा १ पुरुष रहेका छन् ।

कोरोना संक्रमण बढी भएका धनगढीका वार्डहरुमा नै यसपटक कोरोनाका कारण मृत्यु  कोभिड १९ को पहिलो लहरदेखि हालसम्म मृत्यु हुनेको संख्या भने ५१ जना पुगेको छ । कोभिडको पहिलो लहरमा धनगढी उपमहानगरपालिमा १९ जनाको मृत्यु भएको थियो । कोभिडको पहिलो लहरदेखि हालसम्म धनगढीमा ४ हजार ६ शय ७६ जनामा कोरोना संक्रमण भएको छ भने दोश्रो लहरमा मात्र १ हजार ८ शय ८९ जनामा कोरोना संक्रमण भएको छ ।


ट्रेन्डिङ