धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
सेती प्रादेशिक अस्पतालमा कोरोना परिक्षण

२ शय ७० जनामा कोरोना पुष्टि,  धनगढीका ११८ जना

७ शय ७६ जनाको परिक्षण गरिएकोमा धनगढीका  धनगढी उपमहानगरपालिका बाहेकका कैलालीका अन्य पालिकाहरुका १ शय १ जनामा संक्रमण पुष्टि भएको छ ।

२ शय ७० जनामा कोरोना पुष्टि,  धनगढीका ११८ जना

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा २ शय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएका मध्य धनगढी उपमहानगरपालिकाका  ११८ जना  रहेका छन् ।

 सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार ७ शय ७६ जनाको परिक्षण गरिएकोमा धनगढीका  धनगढी उपमहानगरपालिका बाहेकका कैलालीका अन्य पालिकाहरुका १ शय १ जनामा संक्रमण पुष्टि भएको छ ।

 संक्रमण पुष्टि हुने मध्य कैलाली बाहेकका जिल्लाका  ५१ जना रहेका छन् ।

 सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ६७ जना रहेकोमा  ५ जनाको भेन्टिलेरमा, २० जनाको आइसीयुमा उपचार भैरहेको छ ।


ट्रेन्डिङ