धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

खैरो हिरोइन सहित कन्चनपुरमा दुइ जना पक्राउ

से ४ प ७५२७ नम्बरको मोटरसाईलमा भारतबाट नेपालतर्फ आउँदै गरेका बेला उनीहरु पक्राउ परेका हुन्  ।

महेन्द्रनगर ।  सशस्त्र प्रहरीले  लागुऔषध खैरो हिरोइन सहित दुई जनालाई बिहीबार साँझ बेलौरी नगरपालिका–१० भुडा थापाचोकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुरका ३० बर्षीय असोक सुनार र सोही ठाउँका २० वर्षीय केशव चन्द रहेका छन्  । से ४ प ७५२७ नम्बरको मोटरसाईलमा भारतबाट नेपालतर्फ आउँदै गरेका बेला उनीहरु पक्राउ परेका हुन्  ।

दुवै जनाको साथबाट ८ दशमलव ६९० ग्राम खैरो हिरोइन बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐर बताए ।

  पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाईएको छ ।


ट्रेन्डिङ