धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढी उपमहानगरपालिकामा कक्षा ८ को परिक्षा स्थगित

कोभिडको जोखिम र जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा रहेको जनाउँदै उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले शुक्रावर एक बिज्ञप्ति मार्फत परिक्षा स्थगित गरेको  जनाएको छ ।

धनगढी उपमहानगरपालिकामा कक्षा ८ को परिक्षा स्थगित

धनगढी । कोभिडको जोखिम बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा तत्कालको लागि स्थगित गरेको छ ।

कोभिडको जोखिम र जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा रहेको जनाउँदै उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले शुक्रावर एक बिज्ञप्ति मार्फत परिक्षा स्थगित गरेको  जनाएको छ ।

उपमहानगरपालिकामा आधारभुत तह (कक्षा ८ ) को  परिक्षा  जेठ ३ गतेदेखि सञ्चालन गर्ने कार्यक्रम रहेको थियो ।

महाशाखाका उपसचिव नरेन्द्र बहादुर खातीद्धारा जारी बिज्ञप्तिमा बढ्दो कोभिड १९ को संक्रमणका र जारी निषेधाज्ञाका कारण असहज परिस्थिति सिर्जना भएकाले परीक्षा स्थगित गरिएको जनाइएको छ ।

ट्रेन्डिङ