धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नेपालगन्जमा  होम आइसोलेसनका बसेका संक्रमितहरुका लागि वार्डमै बिशेषज्ञ सेवा

उपमहानगरपालिकाले दिएको जानकारी अनुसार, वडामा रहेका स्वास्थ्य फोकल पर्सनहरुले शुरुमा होम आईसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनेछन्  ।

नेपालगन्जमा  होम आइसोलेसनका बसेका संक्रमितहरुका लागि वार्डमै बिशेषज्ञ सेवा

नेपालगन्ज । कोरोनाको जोखिम बढ्दै गएपछि नेपालगञ्ज उप–महानगरपालिकाले वडास्तरमैं विशेषज्ञ सेवा उपलब्ध गराउने  भएको छ । नेपाल चिकित्सक संघ भेरीको सहकार्यमा होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई उपमहानगरपालिकाले विशेषज्ञ सेवा उपलब्ध गराउने भएको हो ।

 नेपालगञ्ज उप–महानगरपालिकाको अनुरोधका आधारमा चिकित्सक संघले नगरका सबै २३ वटै वडामा बिशेषज्ञ सेवाका लागि चिकित्सकलाई पठाउने भएको छ । यसका लागि संघले चिकित्सकहको जिम्मेवारी समेत तोकेको छ ।

उपमहानगरपालिकाले दिएको जानकारी अनुसार, वडामा रहेका स्वास्थ्य फोकल पर्सनहरुले शुरुमा होम आईसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनेछन्  । आवश्यकता अनुसार उनीहरुको बिरामीको बारेमा वडामा जिम्मेवारी पाएका चिकित्सकहरुसँग सम्पर्क गर्ने छन् ।

वडास्तरमै बिशेषज्ञ सेवा पुरयाउनेबारेमा शनिबार चिकित्सक र स्वास्थ्य फोकलपर्सनहरुबीच अन्तरक्रिया भएको छ । कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणाले सञ्चालित आईसोलेसन, हेल्थडेस्कलाई प्रभावकारी बनाएर लैजानु पर्ने बताए ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम वहादुर चन्दले नगरमा महामारी रोकथाम र नियन्त्रणको अभियानलाई थप व्यवस्थित बनाउन चिकित्सक र स्वास्थ्यकर्मीबीचको समन्वव बैठक गरिएको जानकारी दिए ।


ट्रेन्डिङ