धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एनएसएलको उपाधिका लागि आज शनिबार काठमाडौं रेजर्स एफसीसँग प्रतिस्पर्धा गर्दै धनगढी एफसी

दुवै टोली प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि लिग चरण र पहिलो प्लेअफमा काठमाडौं धनगढीसँग पराजित भएको थियो ।

एनएसएलको उपाधिका लागि आज शनिबार काठमाडौं रेजर्स एफसीसँग प्रतिस्पर्धा गर्दै धनगढी एफसी

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि आज शनिबार धनगढी एफसी र काठमाडौं रेजर्स एफसी प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि दुई पटक प्रतिस्पर्धा गरिसकेका धनगढी एफसी र काठमाण्डौं रेन्जर्स एफसी बीचले उपाधिकार लागि गर्ने प्रतिस्पर्धा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ : ३० बजे शुरु हुनेछ ।

दुवै टोली प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि लिग चरण र पहिलो प्लेअफमा काठमाडौं धनगढीसँग पराजित भएको थियो ।

प्रतिस्पर्धामा आफुले बिजय हात पार्ने दावी दुवै टीमले गरेका छन् । धनगढीका प्रशिक्षक तोपे फुजाले आफुहरु उपाधिका लागि मैदान उत्रने बताए  । उनले अघिल्ला दुई खेलमा जित निकालेको हुनाले आफुहरुलाई थप सहज हुने भएको बताए  ।

यस्तै काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जनले फाइनल खेलमा आफुहरु बलियो भएर प्रस्तुत हुने उल्लेख गर्दै धनगढीलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि हात पार्ने योजना रहेको बताए ।

ट्रेन्डिङ