धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

एनएसएलको उपाधिका लागि आज शनिबार काठमाडौं रेजर्स एफसीसँग प्रतिस्पर्धा गर्दै धनगढी एफसी

दुवै टोली प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि लिग चरण र पहिलो प्लेअफमा काठमाडौं धनगढीसँग पराजित भएको थियो ।

एनएसएलको उपाधिका लागि आज शनिबार काठमाडौं रेजर्स एफसीसँग प्रतिस्पर्धा गर्दै धनगढी एफसी

काठमाडौं पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि आज शनिबार धनगढी एफसी काठमाडौं रेजर्स एफसी प्रतिस्पर्धा गर्दैछन्

यसअघि दुई पटक प्रतिस्पर्धा गरिसकेका धनगढी एफसी काठमाण्डौं रेन्जर्स एफसी बीचले उपाधिकार लागि गर्ने प्रतिस्पर्धा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ : ३० बजे शुरु हुनेछ

दुवै टोली प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् यसअघि लिग चरण पहिलो प्लेअफमा काठमाडौं धनगढीसँग पराजित भएको थियो

प्रतिस्पर्धामा आफुले बिजय हात पार्ने दावी दुवै टीमले गरेका छन् धनगढीका प्रशिक्षक तोपे फुजाले आफुहरु उपाधिका लागि मैदान उत्रने बताए  उनले अघिल्ला दुई खेलमा जित निकालेको हुनाले आफुहरुलाई थप सहज हुने भएको बताए 

यस्तै काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जनले फाइनल खेलमा आफुहरु बलियो भएर प्रस्तुत हुने उल्लेख गर्दै धनगढीलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि हात पार्ने योजना रहेको बताए