धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अछाममा निषेधाज्ञा १० दिन थपियो

समय थपिएपछि अब अछाममा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्बिने भएको छ ।

अछाममा निषेधाज्ञा १० दिन थपियो

अछाम ।  अछाम जिल्लामा  निषेधाज्ञा दश दिन थप गरिएको छ । समय थपिएपछि अब अछाममा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्बिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामले सूचना गर्दै दश दिन निषेधाज्ञा थप गरिएको जनाएको छ । अछाममा यसअघि लगाइएको  निषेधात्रा आज आइतबार राति १२ बजे सकिदैछ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा अछामका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थपेका हुन् ।


ट्रेन्डिङ