धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती प्रादेशिक अस्पतालमा धनगढीका कोरोना संक्रमित ३ जनाको मृत्यु

सेती अस्पतालमा १ जनाको भेन्टिलेरमा, १५ जनाको आइसीयुमा उपचार भैरहेको छ भने ८९ जनालाई अक्सिजन सपोर्ट भैरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा धनगढीका कोरोना संक्रमित ३ जनाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्ला २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सबै धनगढी उपमहानगरपालिकाका रहेका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचारका क्रममा धनगढी  उपमहानगरपालिका वार्ड नम्बर २ का ६७ बर्षीय पुरुषको शनिबार राति साढे नौ बजे,  धनगढीकै वार्ड नम्बर ६ का ६५ बर्षीय पुरुषको आइतबार बिहान ३ बजे र वार्ड नम्बर ५ का ४५ बर्षीय पुरुषको आइतबार बिहान सवा ९ बजे हो ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले १ शय ९ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ ।

सेती अस्पतालमा १ जनाको भेन्टिलेरमा, १५ जनाको आइसीयुमा उपचार भैरहेको छ भने ८९ जनालाई अक्सिजन सपोर्ट भैरहेको छ ।

ट्रेन्डिङ