धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कोरोना संक्रमण बढेपछि पाटन नगपालिकाका ३ वडा सिल

सिल गरिएको अवधिमा एक वडाबाट अर्को वडामा जान पाइने छैन भने वडाभित्र रहेका सबै बजारहरु पूर्ण रुपमा बन्द रहनेछन्  ।

कोरोना संक्रमण बढेपछि पाटन नगपालिकाका ३ वडा सिल

बैतडी । कोरोना संक्रमण बढ्न थालेपछि  बैतडीको पाटन नगरपालिकाका ३ ओटा वडालाई पूर्ण रुपमा सिल गरिएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकले वार्ड नम्बर ८, ९ र १० लाई जेठ १७ गते सम्मका लागि सिल गर्ने निर्णय गरेको हो ।

सिल गरिएको अवधिमा एक वडाबाट अर्को वडामा जान पाइने छैन भने वडाभित्र रहेका सबै बजारहरु पूर्ण रुपमा बन्द रहनेछन्  । सिल गरिएको अवधिमा वार्डका बजार र हिडडुल बन्द हुने पाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष लोकबहादुर भण्डारीले बताए ।

कोरोना संक्रमणकै कारण ज्यान जाने थालेपछि वडाहरु पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको वडा नं ८ का वडा अध्यक्ष पृथ्वीराज पन्तले जानकारी दिए  । आइतबार मात्रै पाटन नगरपालिका वडा नं ८ का ३४ बर्षीय एक युवकको कोरोनाका कारण मृत्यु भएको थियो ।


ट्रेन्डिङ